नगरपालिका घोषणा भएको झन्डै नौ वर्षपछि कालिकाको वडा नं. ११ मा कालोपत्रे सडक शिलान्यास

उज्यालो दर्पण, पुस २९ । नगरपालिका घोषणा भएको झन्डै ९ वर्ष सम्म कालोपत्रे सडकले जोडिन नसकेको कालिका नगरपालिकाको वडा नं. ११ मा कालोपत्रे सडकको शिलान्यास गरिएको छ।   सोमबार नगर प्रमुख विनोद रेग्मीले सिद्धि तीनदोभान देखी कालिका ११ नं. वडा कार्यालयसम्म पहुँच सडक शिलान्यास गरेका हुन् ।

कालिका नगरपलिका अन्तर्गत कालोपत्रे सडकबाट नजोडिएको एक मात्र ११ नं. वडा कर्यालयलाई पक्की सडकबाट जोड्न संघिय समपुरक अनुदान अन्तर्गत संघिय सरकारबाट रु. १ करोड ९० लाख र कालिका नगरपालिकाबाट रु १ करोड ९० लाख गरि रु ३ करोड ८० लाख बजेटबाट सिद्धि तीन दोभान देखी कालिका ११ नं. वडा कर्यालयसम्म सडक निर्माण सुरु गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिए।

कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट घोषित उक्त योजना कार्यान्वयनको लागि रु. ४ करोड १५ लाखको लागत अनुमान स्वीकृत गरि ठेक्का आव्हान गर्दा फर्म श्री शक्ति शिव जिआरम जे.भि.ले रु २ करोड ८८ लाख ८५ हजारमा ठेक्का पारी सडक कालोपत्रेको सुरुवात गरेको हो।

योजना अन्तर्गत कालोपत्रे सडक साथै पक्की आरसी नाला २ हजार ८ सय मिटर निर्माण हुनेछ। उक्त ठेक्का २०८२ साल असार १५ गते सम्म सक्ने गरि निर्माण ब्यवसायीसंग सम्झौता भएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

उक्त सडक निर्माण सम्पन्न हुदा १७ सय मिटर कलोपत्रे, २ सय २३ मिटर ढलान सडक गरि ११ नं. वडा कर्यालय सम्म जोडनेछ । साथै, ११ नं. वडा कर्यालयबाट रन्तेस बजार सम्म उच्च स्तरिय १ हजार १ सय मिटर सडक पनि निर्माण हुने नगरपालिकाका ईन्जिनियर किशोर कोईरालाले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, कालिका वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजा, ११ का वडा अध्यक्ष कृष्ण वहादुर प्रजा, योजना अधिकृत शिव प्रसाद पोखरेल, नगरका सव ईन्जिनियर सुदिप भट्टराई, विभिन्न दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Previous articleचितवन महोत्सवमा आज सोमबार हात्ती र भटभटे आउँदै, अरु केके हुँदैछ सांस्कृतिक कार्यक्रम ?
Next articleचितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।