तीन खेलाडीलाई क्यानको क्रिकेट किट्स

नेपाल क्रिकेट संघले शनिबारबाट सुरु हुने एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीमा परेका नयाँ र पूनरागमन गरेका खेलाडीलाई क्रिकेट किट्स हस्तान्तरण गरेको छ।

संघका कोषाध्यक्ष रोसन सिंह तथा केन्द्रीय सदस्य माधव कर्माचार्यले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलाडीहरुलाई क्रिकेट किट्स हस्तान्तरण गरेका हुन्।

पहिलो पटक टोलीमा परेका किशोर महतो तथा टोलीमा पुनरागमन गरेका भुवन कार्की र पवन सर्राफलाई ४० हजार बराबरको क्रिकेट किट्स हस्तान्तरण गरिएको कोषाध्यक्ष सिंहले बताए।

बिहीबार इस्टर्न रिजनमा सहभागिता जनाउन थाइल्याण्ड जानुअघि नेपाली टोलीले मंगलबार त्रिवि मैदानमा अन्तिम तयारी गरेको थियो।

पोखरा महानगरको मतगणना सुरु

Previous articleविमलको ह्याट्रिकसँगै मछिन्द्र बुढासुब्बाको सेमिफाइनलमा
Next articleसातदोबाटोको विजयी सुरुवात, आरसीटी र झम्सीखेलले अंक बाँडे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।