Home Uncategorized सातदोबाटोको विजयी सुरुवात, आरसीटी र झम्सीखेलले अंक बाँडे

सातदोबाटोको विजयी सुरुवात, आरसीटी र झम्सीखेलले अंक बाँडे

सातदोबाटो युथ क्लवले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गर्दा रानीपोखरी कर्नर टिम र झम्सीखेल युथ क्लवले बराबरी गरेका छन्। मगंलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले झम्सीखेलसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको पहिलो हाफमा लिएको आरसीटीले बनाएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो। खेलको २८ औं मिनेटमा कप्तान अमर डंगोलले गोल गर्दै आरसीटीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्जुरी समयमा झम्सीखेलका अनिश चौधरीले गोल गर्दै हारबाट जोगाएका थिए। बराबरीसँगै दुवै टोलीले अंकतालिकामा १–१ अंक जोडेका छन्।

आजै भएको पहिलो खेलमा सातदोबाटोले नयाँ बस्ती युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

सातदोबाटोको जितमा दुवै गोल प्रवेश गौतमले गरे। पहिलो हाफ गोलरहित बराबरी खेलेको सातदोबाटोले दुवै गोल दोस्रो हाफमा गरेको हो।

खेलको ५९ औं मिनेटमा प्रवेश गौतमले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। ८२ औं मिनेटमा प्रवेशले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-० को सहज जित दिलाए। जितसँगै सातदोबाटोले अंक तालिकामा ३ अंक जोडेको छ।

अंक तालिकाको शीर्ष स्थानमा रहने १ टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा झर्नेछ।

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो

Previous articleतीन खेलाडीलाई क्यानको क्रिकेट किट्स
Next articleजीपी कोइराला स्मृति व्याडमिन्टन : भोलि सबै ५ स्पर्धाका फाइनल खेल हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।