विमलको ह्याट्रिकसँगै मछिन्द्र बुढासुब्बाको सेमिफाइनलमा

विमल घर्तीमगरको ह्याट्रिकको मद्दतमा मछिन्द्र क्लब धरानमा जारी २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान रगंशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सन्डे क्लब एफसी कोलकोत्तालाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम ४ मा पुगेको हो।

आजको खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गर्दा विशाल राईले दुई, रेजिन सुब्बाले एक गोल गरे। कोलकोत्ताका लागि सञ्जीव बौरीले सान्त्वना फर्काए।

खेलको २० औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

२९औं मिनेटमा विशाल राईले अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा ४ गोल थपेको हो। ४९औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रको अग्रता बढाएका थिए। यस्तै ७५ औं मिनेटमा विशाल राईले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४–० गोलको अग्रता दिलाएका थिए।

विमलले खेलको ८१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ५–० अग्रता बनाएका थिए। ८५ औं मिनेटमा कोलकोत्ताका सञ्जीव बौरीले शान्त्वना गोल फर्काएका थिए। खेलको ८७औं मिनेटमा विमलले ह्याट्रिक गरेपछि मछिन्द्रले फराकिलो जित दर्ता गरेको हो।

प्रतियोगितामा यसअघि यूके एफसी भारत, विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा पुगिसकेका छन्।

वीरगन्जबाट ३५ जनासँगै बसमा कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला

Previous articleबाबुसँग रिस उठेपछि प्रधानाध्यापकले छोरालाई स्कुलबाट निकालिन्
Next articleतीन खेलाडीलाई क्यानको क्रिकेट किट्स
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।