कोरियामा रहेका नेपालीले आफन्तलाई भनेः नआत्तिनुहोस, हामीलाई केहि भएको छैन , घर फर्किनुपर्ने वाध्यात्मक अवस्था छैन

काठमाडाैं । कोरियामा रहेका नेपाली कामदारहरुले आफूहरु सुरक्षित हेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्ना आफन्तहरुलाई नआत्तिन समेत अपिल गरेका छन् । कोरियाको उल्सान शहरमा रहेका वुटवलका नारायण कँडेलले राजधानीसँगको कुराकानीका क्रममा डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, हामी एकदम सुरक्षित छौं ।

जोखीम त छ तर, कोरिया सरकारले संक्रमण देखिए अस्पताल आउन भनेको छ । यस्तै, मास्क लगाएर मात्रै कोरियामा रहेका नेपाली कामदारहरुले काम गर्दै आएका छन् । यहाँको सरकारले अफ्ठेरो परे अस्पताल आउन भनेको छ ।

कामदारहरुले प्रवेश गर्नुपूर्व ज्वरो नाप्नुपर्ने हुन्छ । यस्तै, आफूहरु धेरै टाढा टाढा ननिस्कीएको समेत उनीहरुको भनाई छ । कोरियाको सरकारले संक्रमणको लक्षण देखिए सबैलाई सुरक्षित तवरले उपचार गर्ने वाचा समेत जनाइसकेको छ ।

The post कोरियामा रहेका नेपालीले आफन्तलाई भनेः नआत्तिनुहोस, हामीलाई केहि भएको छैन , घर फर्किनुपर्ने वाध्यात्मक अवस्था छैन appeared first on Rajdhani Daily News.

शंकास्पद महिलाले बाटोमा पैसा छरेर भागेपछि स्थानीय आतंकित, कोरोना फैलाएको आशंका

Previous articleसिन्धुलीका नेवारी नेतृत्वलाई सम्मान
Next article१५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।