काठमाडौं – पर्साको वीरगञ्जस्थित मस्जिदमा लुकेर बसेका ३ जना भारतीय मुस्लिममा कोरोना भाइरस संक्रमण पुष्टि भयो । भारतमा समेत मुस्लिम समुदायभित्र कोरोना संक्रमण फैलिएको पाएपछि नेपालमा समेत आशंका बढ्यो । त्यसपछि निगरानी बढाउँदै जाँदा उदयपुरको मस्जिदमा समेत १२ जना व्यक्ति शंकास्पद रुपमा लुकेर बसेको अवस्थामा फेला परे । भारतीय मुस्लिमले भित्रभित्रै गरिरहेको भयंकर षड्यन्त्र त्यतिबेला पर्दाफास भयो, जतिबेला उदयपुरको मस्जिदबाट फेला परेका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पारेको छ । एकै जिल्लामा यतिधेरै संक्रमित फेला परेको यो नेपालमै पहिलो पटक हो । मस्जिदभित्र लुकेर बसेका व्यक्तिमा कोरोना पुष्टि हुन थालेपछि मुसलमान समुदायले कोरोना फैलाउने षड्यन्त्र गरेको हो कि भनेर विश्लेषण हुन थालेको छ ।


संक्रमण फेला परेका व्यक्तिहरू उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका थिए । उदयपुरमा कोराना भाइरस संक्रमण पुष्टि भएका १२ जनामध्ये ४ जना नेपाली र ८ जना भारतीय नागरिक रहेका जनाइएको छ । शंकास्पद अवस्थामा लुकेर बसेपछि प्रहरीले नियन्त्रणमा लिएर स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको नगरपालिकाका जनस्वास्थ्य प्रमुख अवधनारायण चौधरीले बताएका छन् ।
‘शंकास्पद व्यक्तिहरूले डिसेम्बरमै नेपाल आएको बताएका छन् । हामीलाई विश्वास नलागेपछि सोधखोज गर्दा चैत २५ गते लुकीछिपी नेपाल आएको देखिएको छ,’ चौधरीले भने । कोरोना संक्रमित भएर नेपालमा लकडाउनका बेला प्रवेश गरेको पाइएको छ ।

उदयपुर सीमावर्ती जिल्ला समेत नभएकाले पहाडी जिल्लासम्म कुनै नेपाली पहुँचवाला व्यक्तिकै संरक्षणमा पहाडी जिल्लासम्म पुगेका हुनसक्ने अनुमान समेत गर्न थालिएको छ । ती व्यक्तिको बैशाख २ गते स्वाब संकलन गरेर परीक्षणको लागि पठाएको थियो । ती व्यक्तिमा कोरोना लक्षण भने देखिएका थिएनन् ।
मस्जिदमै रहेका ती व्यक्तिलाई ४ वटा एम्बुलेन्समा राखेर विराटनगरस्थित कोरोना विशेष अस्पतालमा लैजान लागिएको चौधरीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २८ वर्षका ४ र २९ वर्षका २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी २०, २२, २५, २६, ३४ र ४० वर्षका १/१ जना पुरुषमा समेत संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

वीरगञ्जमा ३ जना मुस्लिम संक्रमित भेटिएको केही दिनपछि उदयपुरमा १२ जना संक्रमित भेटिएपछि मुस्लिम समुदायभित्र अरु समेत संक्रमण फैलिएको हुनसक्ने विश्लेषण हुन थालेको छ ।
भिडियो हेर्नुहोस्


