प्रचण्डको दोहोरो चरित्रले नेकपामा हंगामा, बामदेव कार्डले ओली फायर!

काठमाडौं–प्रचण्डले दोहोरो चरित्र देखाउँदा नेकपामा हंगामा मच्चिएको छ । अर्का अध्यक्ष केपी शर्मा ओलीलाई बाँकी तीन वर्ष सरकार चलाउन दिएको बताएका प्रचण्डले उनीविरुद्ध नै प्रधानमन्त्रीको रुपमा उपाध्यक्ष वामदेव गौतमलाई अघि सारेपछि नेकपामा खैलाबैला मच्चिएको हो।

पछिल्लोपटक गत माघ २५ गते कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ कार्यक्रममा प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व आवश्यक ठानेर ओलीलाई पूरा पाँच वर्ष सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको र सोहीअनुसार पार्टीभित्र सहमति भएको बताएका थिए ।

तर, दुई हप्ता पुगेलगत्तै प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने उद्देश्यसहित संविधान संशोधन कार्यदल गठन गरे । गत शनिबार बसेको नेकपा सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले कार्यदल गठनको प्रस्ताव गर्दा अर्का अध्यक्ष ओली मौन बसे ।

वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गरिएको कार्यदल गठन र यसको काम गोप्य राख्ने तयारी गरिए पनि भोलिपल्ट आइतबार सार्वजनिक भयो । तत् पश्चात प्रतिनिधि सभा सदस्यमा पराजित वामदेवलाई राष्ट्रिय सभामा मनोनित गरेर प्रधानमन्त्री बनाउन खेल सुरु भएको भन्दै सरकार र नेकपाको कडा आलोचना भयो । जसले पार्टीभित्र नै असन्तुष्ट बढायो ।

चौतर्फी आलोचना भइरहेका बेला संयोजक नेता नेपालले सोमबार कोटेश्वरस्थित आफ्नै निवासमा कार्यदलको बैठक राखे । तर, कार्यदलमा सदस्य राखिएका सुवास नेम्वाङले आफूलाई नसोधी कार्यदल सदस्य बनाएकोमा र व्यक्तिलाई लाभ दिने गरी संविधान संशोधनको तयारीप्रति आपत्ति जनाए । नेम्वाङजस्तै अर्का कार्यदल सदस्य खिमलाल देवकोटाले पनि व्यक्तिलाई लाभ दिने गरि संविधान संशोधन गर्न नहुने बताए । जस कारण कार्यदल निस्क्रिय बन्न पुग्यो ।

यता आफूलाई प्रधानमन्त्री बनाउन प्रक्रिया सुरु भएकोमा दंग परेका उपाध्यक्ष गौतम चौतर्फी आलोचना भएपछि छाङ्गाबाट खसे जस्तै भए । जनताबाट पराजितलाई मनोनित गरेर राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउन लागेको भन्दै नेकपाको विरोध हुँदा वामदेव पनि बढी आलोचित भए ।

मर्निङ वाकमा निस्किएका बेला कारले ठ,क्कर दिंदा अष्ट्रेलियामा एक नेपालीको ज्या,न गयो

Previous articleकम्युनिस्ट पार्टी कमाउ धन्दामा किन ?
Next articleदिल्ली हिंसा: ज्यान गुमाउनेको संख्या १३ पुग्यो, उत्तर प्रदेश र हरियाणाको सीमामा निगरानी बढाइयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।