अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपालको प्रचार

बोस्टर्न । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपाल २०२० को प्रचार गरिएको छ । ‘एसिया र अन्तर्राष्ट्रिय सम्बन्धका लागि हार्वर्ड आयोजना’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा भिजिट नेपालबारे जानकारी दिइएको हो ।

फेब्रुअरी १४ देखि १७ सम्म अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा जापानमा अध्ययनरत नेपाल सरकारका शाखा अधिकृतद्वय विवेक घिमिरे र चन्द्रिका पण्डित तथा नेपालबाट सनिल श्रेष्ठ सहभागी भएका थिए ।

विश्वका विभिन्न ७० देशबाट चार सय ५० जनाको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्र सङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)का निर्देशक, हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा उच्च अधिकारीको सहभागिता रहेको सनिलले जानकारी दिए ।

कार्यक्रम स्थलमा नेपाली खाना खुवाउनुका साथै भिजिट नेपालको लोगोसहितका प्रचार सामग्रीहरूको प्रदर्शनी गरिएको श्रेष्ठले बताए ।

नेपालका सहभागीहरूले नेपालको कला, संस्कृति तथा भौगोलिक अवस्थासँगै दक्षिण एसियाको भौगोलिक र राजनीति अवस्थाबारे छलफल तथा बहस गरेको श्रेष्ठले जानकारी दिए ।

विदेशीहरुलाई भिजिट नेपाल २०२० बारे जानकारी दिँदा उनीहरु नेपाल घुम्न आउन इच्छुक देखिएको श्रेष्ठले बताए ।

आगामी आवको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने

Previous articleहिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित
Next articleदक्षिण कोरियामा तैनाथ अमेरिकी सेनामा देखियो कोरोनाको संक्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।