आगामी आवको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने

0
28

काठमाडौँ । सरकारले जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका चार वटा हिमतालको पानीको सतह घटाउने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा तल्लो तटीय क्षेत्रका लागि जोखिममा रहेका सोलुखुम्बुका दुई, मनाङको एक र सङ्खुवासभाको एक हिमतालको पानीको सतह घटाउने जनाएको हो । 

यसैगरी जलवायु परिवर्तनका असरसँग जुध्नका लागि अनुकूलनका कार्यहरू सञ्चालन गर्ने, हरेक अर्थतन्त्रका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, शून्य कार्बन रणनीति कार्यान्वयन गर्ने, जलवायु परिवर्तनका सम्बन्धमा राष्ट्रिय–अन्तराष्ट्रियरूपमा गरिएका प्रतिबद्धता कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेश गर्नुभएको आगामी आवको बजेटमा विपद्का कारण हुने मानवीय र भौतिक क्षतिको न्यूनीकरण गर्न प्रदेशसँग सहकार्य गरेर प्रभावकारी कार्यक्रम अघि बढाइने उल्लेख छ । यसका लागि पूर्व चेतावनी र आकलन गर्ने मौसमी प्रणाली लागू गर्ने बजेट जनाइएको छ । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/20813

Previous articleआगामी आवको बजेट : वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने
Next articleराष्ट्रपति महिला उत्थान कार्यक्रमलाई परिमार्जन गरिने