दिल्ली हिंसाः गुप्तचर विभागका कर्मचारी अंकित शर्माको हत्या

महिनौंयता जारी नागरिकता कानुनविरुद्धको प्रदर्शनले हिंसात्मक रुप लिएपछि १ सय ८० जनाभन्दा बढी घाइते भइसकेका छन्।

हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै जाफराबाददेखि मौजपुर र त्यस वरपरका क्षेत्रमा कडा सुरक्षा प्रदान गरिएको छ। दिल्ली प्रहरीले हरेक गल्लीमा गस्ती गरिरहेका छन्।

यसबीचमा भारतको गुप्तचर विभागका एक कर्मचारी मृत्य भेटिएका छन्। मंगलबारदेखि बेपत्ता भएका अंकित शर्मा बुधबार मृत भेटिएको भारतीय संचारमाध्यमले जनाएका छन्। यस घटना नागरिकना कानुनविरुद्धको प्रदर्शनसँग जोडिएको बताइएको छ।

चन्द बाग क्षेत्रमा उनको लाश भेटिएको हो। मंगलबार साँझ घर फर्कने क्रममा उनलाई नागरिकता कानुनविरुद्ध प्रदर्शनमा उत्रिएको भीडले कुटपिट गरेको बताइएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।

दिल्ली हिंसा

भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन ल्याएपछि केही समययता भारतमा प्रदर्शन जारी छ।

उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।

सोमबारदेखि भने दिल्लीको हिंसा साम्प्रदायिक हिंसामा परिणत भएको विश्लेषण भइरहेको छ। मुसलमान र हिन्दुवादीको भीड एकआपसमा झडपमा उत्रिनुका साथै हिन्दुवादी भीडले मुसलमानको घरहरु जलाएका घटनाहरुको समाचारहरु पनि सार्वजनिक भइरहेका छन्।

यसबीचमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभेललाई दिल्लीमा शान्ति कायम गर्ने जिम्मेवारी दिइएको छ। मंगलबार साँझ दिल्लीका बिभिन्न इलाकाको निरीक्षण गरेको थिए। त्यहाँको अवस्थालाई लिएर उनले केही बेरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिने कार्यक्रम रहेको छ।

उत्तर पूर्वी दिल्ली जिल्लामा सबै निजी र सरकारी कार्यालयहरु बन्द हुने भएका छन्। दिल्ली शिक्षामन्त्री मनिष सिसोदियाले मंगलबार ट्विट गरेर सबै विद्यालयमा भएको परीक्षा पनि स्थगित भएको बताएका थिए।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले परिस्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गर्नुपर्ने बताएका छन्। उनले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी असक्षम भएको भन्दै उनले सेना परिचालन गर्न माग गरेका हुन्।

मुख्यमन्त्री केजरीवालले ट्विट गर्दे भनेका छन्, ‘म दिल्लीमा लगातार धेरै व्यक्तिहरूसँग सम्पर्कमा छु।अवस्था अहिले तनावपूर्ण छ। प्रहरीले सबै प्रयासको बावजूद स्थिति नियन्त्रणमा लिन सकिरहेको छैन। यस्तो अवस्थामा सेनालाई अहिले नै बोलाउनु पर्छ र प्रभावित क्षेत्रहरूमा कर्फ्यू लगाउनु पर्छ। यसबारे म केन्द्रीय गृहमन्त्रीलाई पत्र लेख्दै छु।’

लकडाउन अझै १५ दिन बढाएर जेठ १० सम्म बनाउने तयारी

Previous articleचीनमा नजरबन्दमा रहेकी उइगर मुस्लिम महिलाको सन्देश ट्वीटरमा सार्वजनिक
Next articleपूर्वप्रशिक्षक दासानायके नेपाल आउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।