
दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप बढिरहँदा त्यहाँको सेना पनि यसको सिकार बनेको छ। दक्षिण कोरियाली सेनाका २० जवान कोरोना संक्रमित भएको जनाइएको छ।
वायुसेनाका सदस्य संक्रमित भएको बताइएको छ।
यसअघि दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिक पनि संक्रमित भएका थिए।
यससँगै दक्षिण कोरियामा संक्रमितको संख्या १ हजार २ सय ६० पुगेको छ।
चीनबाहिर इटलीमा ३ सय २० र इरानमा ९० संक्रमित भएका छन्।
समग्रमा भाइरसबाट मारिनेको संख्या २७ सय नाघेको छ भने संक्रमितको संख्या ८० हजार पुगेको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गर्ने बेला नभइसकेपनि त्यसको तयारी भने गर्नुपर्ने बेला भएको बताएको छ। एजेन्सी
चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना


