चीनमा दुई दिनमै कोरोना भाइरसका १३९ नयाँ बिरामी, प्रकोप फैलिने डर

पछिल्लो दुई दिनमा चीनमा रहस्यमय कोरोना भाइरसका थप १ सय ३९ बिरामी देखा परेका छन्। सोमबारसम्ममा यो रोगबाट ३ जनाको ज्यान गइसकेको अधिकारीहरले पुष्टि गरेका छन्। 

वुहान, बेइजिङ र सेन्झेनमा नयाँ बिरामी देखिएको बताइएको छ।

स्वासप्रस्वाससम्बन्धी यो रोगले महामारीको रुप लिने भय देखिएको छ।

पहिलो पटक वुहानमा देखिएको यो भाइरसका बिरामी जापान र थाइल्यान्डमा पनि भेटिएका छन्।

चीनमा पढेर काठमाडाँै फर्केका एक विद्यार्थीलाई पनि गतसाता यो भाइरस लागेको आशंकापछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा चार दिन निगरानीमा राखेर डिस्चार्ज गरिएको थियो।

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

Previous articleहिमपात रोक्न हिउँमै बसेर पूजा
Next articleपाराग्वेमा जेलबाट ७५ कैदी फरार, जेलरले नै छाडिदिएको आशंका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।