Home Uncategorized पाराग्वेमा जेलबाट ७५ कैदी फरार, जेलरले नै छाडिदिएको आशंका

पाराग्वेमा जेलबाट ७५ कैदी फरार, जेलरले नै छाडिदिएको आशंका

दक्षिण अमेरिकी मुलुक पाराग्वेको एक जेलबाट आइतबार ७५ कैदी फरार भएका छन्।

पूर्वी भेगस्थित ब्राजिलको सीमानजिक रहेको पेद्रो हुआँ क्याबालेरो सहरको जेलमा एउटा सुरुङ फेला परेको छ। तर, जेलका अधिकारीहरुले सबै कैदीलाई मूलढोकाबाटै जान दिएको आशंका गरिएको छ।
यो घटनाबारे छानबिन हुने जनाइएको छ।

भागेका कैदीमध्ये अधिकांश ब्रजिलको ‘फर्स्ट कमान्ड अफ द क्यापिटल’ नामक आपराधिक समूहका सदस्य छन्।

यो समूहका ३० हजार सदस्य रहेको अनुमान गरिन्छ।

सशस्त्र प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

Previous articleचीनमा दुई दिनमै कोरोना भाइरसका १३९ नयाँ बिरामी, प्रकोप फैलिने डर
Next articleविमानस्थलमा यती र बुद्धका विमान ठोक्किए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।