काठमाडौं, १४ फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका सबै जनाको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभामा बोल्ने क्रममा डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमको घरलाई बुकुरोको संज्ञा दिँदै भने ‘त्यति सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’

उनले ओली लगायत सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरे ।
संघीय समाजवादीका अध्यक्षसमेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरे ।
प्रधानमन्त्रीको तेह्रथुमको बुकुरोभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओली लगायतका पूर्वप्रधानमन्त्रीहरुको देखिएको कमाइ अनुसार काठमाडौंमा महल बनाउन हैसियत नपुग्ने भन्दै सबैको सम्पत्ति छानबिन गर्न माग गरे ।
डा. भट्टराईले मातातीर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृत्ति देखाउन खोजिएको आरोप समेत लगाए ।
मातातीर्थ लगायतको जग्गाका सन्र्दभमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानुनी र नैतिक रुपमा ठिक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीले प्रतिशोध, असहिष्णुता वा निषेध गर्न खोजेको बताए ।
The post प्रधानमन्त्री ओलीको सम्पत्ति छानबिन गर्न डा. भट्टराईको माग appeared first on Koshi Online.
दुधे बालक घरमा छोडेर कोरोना संक्रमितको उपचार गरेर फर्किएकी नर्सको अनुभव


