यातायात कार्यालयका केही कागजपत्र अख्तियारको नियन्त्रणमा

वीरगन्ज । अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जबाट केही कागजात लिएर फर्किएको छ । समय समयमा भ्रष्टाचार र घुस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा आएको अख्तियारको टोलीले बुधबार केही कागजपत्र लिएर फर्किएको हो ।

पछिल्लो समयमा पनि केही अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानविन गर्न केही कागजपत्र लिएर फर्किएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले राजधानीलाई बताए । केही शंका लागेका र त्यहाँ हेरिनसकेका कागजपत्रका केही प्रतिलिपी र केही सक्कल पनि लिएर टोली फर्किएको उनको भनाइ छ ।

‘के कागजात लिएको भन्ने हामीले भन्न मिल्दैन । अख्तियार कार्यालय हेटौडाका सूचना अधिकारी रेग्मी सरसँग नै बुझ्नुस्ं’ टोलीमा आएका सदस्यहरुले भने । यातायात व्यवस्था कार्यालय वीरगन्जका कर्मचारीले पनि केही कागजपत्र अख्तियारको टोलीले लिएर फर्किएको बताए ।

अख्तियारमा परेको उजुरी अनुसार नियमित चेकजाँच गर्न टोली पर्साको यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयले जनाएको छ । आजको निगरानीलाई छापा मारेको नै नभनौं । कार्यालयको आफ्नो नियमित चेकजाँच गर्ने क्रममा उजुरी आए अनुसार निगरानी गरिरहेको हो सूचना अधिकारी रेग्मीले भने ।

The post यातायात कार्यालयका केही कागजपत्र अख्तियारको नियन्त्रणमा appeared first on Rajdhani Daily News.

महिनावारी हुँदा सहन नसक्ने गरि तल्लो पेट ‘दु’ख्छ? यस्तो छ स’मस्याको घरेलु उपाय

Previous articleबुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा
Next articleनिरीक्षकसहित १६ प्रहरी अधिकारी निलम्बन सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।