१६ करोड लागतमा सैनिक अस्पताल संचालन

पोखरा । पोखरामा बुधबारदेखि नेपाली सेनाका हिताधिकारीका लागि निर्मित अस्पताल उद्घाटन गरिएको छ । सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाँ लागतमा निर्मित सो अस्पताल नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सो अस्पताल उद्घाटन गरेका हुन् । सो क्रममा उनले अस्पताल निरीक्षण समेत गरे ।

प्रधानसेनापति थापाले अस्पताललाई सुविधासम्पन्न र व्यवस्थित गरिँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेशअन्तर्गत नेपाली सेनामा कार्यरत एवं पूर्वभूपू सेनाका आश्रित परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी संचालित अस्पतालमा हाल विभिन्न विषयका चिकित्सकसहित ७७ कर्मचारीको व्यवस्था भइसकेको अस्पतालका प्राविधि प्रमुख सेनानी डा. आरजुचन्द्र सिंहको भनाइ छ ।
नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा साढे ४ रोपनी जग्गामा निर्मित सो अस्पताल ५० शैया क्षमताको छ । दुईतले सो अस्पताल अपांगमैत्री हो ।

डा. सिंहका अनुसार अस्पताल सञ्चालनसँगै गण्डकीका ११ जिल्लाका २० हजारभन्दा बढी सेना र आश्रित परिवारलाई सुविधा पुग्नेछ । नेपाली सेनाले यसअघि ६ सय ३५ शैयाको सैनिक अस्पताल छाउनी र ५० शैयाको नेपालगञ्ज अस्पताल सञ्चालन गरिसकेको छ । यस्तै, पूर्वको इटहरीमा ५० शैयाको अस्पताल सञ्चालन तयारीमा छ ।

पोखरामा संचालित अस्पतालमा नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ । अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपीडी सेवा उपलब्ध छन् ।

त्यस्तै, मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, पोष्ट अपरेटिभ वार्डसहित प्रसूति शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओटी सेवा सञ्चालन गरिएको छ ।

The post १६ करोड लागतमा सैनिक अस्पताल संचालन appeared first on Rajdhani Daily News.

श्रीमतीले ब्वाईफ्रेण्ड संग मिलेर ह’त्या गर्नु अघि यस्तो मा’र्मिक स्टाटस लेखेका थिए देवी प्रसाद दुलालले

Previous articleदिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो
Next articleअन्टार्कटिकाबाहेक सबै महादेशमा पुग्यो कोरोना संक्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।