Home Uncategorized कोरोनाका कारण अमेरिकी शहर सान फ्रान्सिस्कोमा आपतकाल घोषणा

कोरोनाका कारण अमेरिकी शहर सान फ्रान्सिस्कोमा आपतकाल घोषणा

अमेरिकी शहर सान फ्रान्सिस्कोमा कोरोना भाइरस संक्रमण फैलिनसक्ने संभावनालाई मध्यनजर गरी स्थानीयरुपमा आपतकाल घोषणा गरिएको छ।

त्यहाँ कोरोनाको कुनै संक्रमणका बिरामी नभेटिए पनि सो घोषणा गरिएको हाे।

क्यालिफोर्नियाको चौथो ठूलो शहर फ्रान्सिस्कोमा कोरोना भाइरसबाट सुरक्षाको तयारीलाई अझ तीव्र पार्न र त्यसबाट आइपर्नसक्ने खतराबाट जनचेतना फैलाउन त्यस्तो निर्णय गरिएको बताइएको छ।

‘अझै पनि यहाँ एउटा पनि संक्रमण भएको पुष्टि भएको छैन, तर विश्वमा परिस्थिति निकै छिटो परिवर्तन भइरहेको छ र हामीले तयारीलाई तीव्र पार्नैपर्छ,’ त्यहाँका मेयर लन्डन ब्रिडले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले समुदायहरुमा कोरोना फैलिनसक्ने संभावनाप्रति सचेत र तयार रहन बुधबार आग्रह गरेको थियो।

अमेरिकामा अहिलेसम्म १४ जनामा संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश यात्राका क्रममा भएको र दुईजनामा व्यक्ति–व्यक्तिबीचबाट सरेको थियो।

नेपाल भारत वि’वाद चर्कदै गर्दा भारतले विर्सन नहुने एउटा यो’द्धा: जसले भारतीय रेलमा ४० डाँ’का संग एक्लै ल’डेर जोगाएका थिए धेरैको ज्यान र ईज्जत

Previous articleशान्त हुन प्रधानमन्त्री मोदीको आग्रह
Next articleआजको राशिफल : फागुन १५ गते, बिहीबार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।