धनुषामा बालिकाको सामूहिक बलात्कार

जनकपुरधाम । धनुषामा एक बालिकाको सामूहिक बलात्कार गरी भिडियो खिचेको घटना सार्वजनिक भएको छ । जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका ५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको पीडित परिवारले जनाएको छ ।

गत फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन दास र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो फोटो खिचेको बताइएको छ ।

पीडितका अनुसार बलात्कार गरेर फोटो भिडियो खिची कसैलाई भने सामाजिक सञ्जालमा भाइरल बनाइदिने चेतावनी बालिकालाई ती युवकले दिएका थिए । पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ गरेको छ । अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर भने फरार छन् ।

उनको व्यापक खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन ।

The post धनुषामा बालिकाको सामूहिक बलात्कार appeared first on Rajdhani Daily News.

पहिला आमालाई ईट्टाले हा’नेर मा’रे अनि आफ्नै घांटी रे’टेर आ’त्मह’त्या: छरछिमेक रमिते बनेर भिडियो खिच्नमै व्यस्त

Previous articleजापानको पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार
Next articleसुस्त गतिमा ट्राफिक व्यवस्थापन कार्ययोजना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।