सहिद पार्कमा पूर्वमन्त्री अधिकारीको शालिक

पोखरामा पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक ठडिएको छ।

उनको गतवर्ष आजकै दिन अर्थात फागुन १५ गते मन्त्री पदमा बहालरहिरहेकै समयमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव जितेका युवा नेता रवीन्द्र अधिकारी राष्ट्रिय राजनीतिको केन्द्रमा थिए। प्रखर वक्ता तथा मिलनसार स्वभावका रवीन्द्रको स्मृतिलाई चीरस्थायी बनाउन पोखरा–१८, जामुनेबोटमा रहेको सहिद पार्कमा उनको शालिक स्थापना गरिएको हो।

शालिकको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरे।

रवीन्द्रको स्मृतिमा गठित स्मृति प्रतिष्ठानले एक साता अघिदेखि उनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ।

बिहीबार आयोजना हुने विशेष कार्यक्रममा उनको स्मृतिमा कल्याणकारी काममा प्रयोग गर्नेगरी अक्षयकोष स्थापना गरिँदैछ।

दु:खको बेलामा आफ्नै देश प्यारो: भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

Previous articleदिल्ली हिंसा चरम उत्कर्षमा, आन्दोलन जारी रहँदा मृतकको संख्या पुग्यो ३२
Next articleअमेरिकी बियर कम्पनीमा अन्धाधुन्ध गोली प्रहार, पाँचको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।