
विसकन्सिन राज्यको मिलउकी शहरको मोल्सन कुर्स ब्रिविङ बियर कम्पनीमा उक्त गोलीकाण्ड भएको बीबीसीले जनाएको छ।

मिलउकीका स्थानीय ५१ वर्षका व्यक्तिले बियर कम्पनीमा गोली प्रहार गरेको पहिचान भएको छ। उनले अन्धाधुन्ध गोली प्रहार गर्नुको उद्देश्यबारे खुल्न सकेको छैन।
अमेरिकी समयअनुसार बुधबार मध्यान्न गोली प्रहार भएको थियो। सयौं कामदारले काम गरिरहेको समयमा गोली प्रहार हुँदा भागदौड मच्चिएको थियो।
गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।


