
राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि-ट्वान्टी वरियतामा स्थान सुधार गरेका छन्।
आईसीसीले बुधवार सार्वजनिक गरेको नयाँ टि–ट्वान्टी वरियता अन्तर्गत अलराउन्डरतर्फ पारस खड्काले एक स्थान सुधार गर्दै २६ औं स्थानमा उक्लिएका छन्। करण केसी ७४ औं स्थानमा रहँदा सोमपाल कामी ६६ औं स्थानमा यथावत छन्।
बलिङतर्फ स्पिनर सन्दीप लामिछानेले दुई स्थान खस्किदै ८६ औं स्थानमा पुगेका छन्। बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खानन शीर्ष स्थानमा यथावत छन्।
ब्याटिङतर्फ भने पारस एक स्थान खस्किदै ६३ औं स्थानमा छन्। ब्याटिङतर्फ पाकिस्तानका ओपनर बाबर आजम शीर्ष स्थानमा रहँदा भारतका लोकेश राहुल दोस्रो र अस्ट्रेलिया कप्तान एरोन फिन्च तेस्रो स्थानमा यथावत छन्।
अलराउन्डरतर्फ अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी शीर्ष स्थानमा छन्। जिम्बावेका सेन विलियम्स दोस्रो स्थानमा उक्लिदा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा पुगेका छन्। अलराउन्डरतर्फ यूएईका रोहन मुस्तफा पाँचौ र ओमानका खावर अली छैटौं स्थानमा छन्।
कोरोनाले मृ त्यु भएका भरतपुरका पुरुषको श व बागेश्वरी वनको नारायणी तटिय क्षेत्रमा गा डियो


