जेल चलान भए यती समूहका ‘मालिक’, ओलीले पनि बचाउन सकेनन् !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक प्रलोभनमा पारेर थुप्रै फाइदा लिएको आरोप लागेको यती समूहका एक जना ‘मालिक’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

यति समूह पूर्व अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पालाई जिल्ला अदालत काठमाडौंले लागूऔषध कारोबार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो ।

जिल्ला अदालत काठमाडौंको बिहीबारको आदेशले शेर्पासहित मुद्दाका चारै जना अभियुक्तलाई जेल चलान गरिएको अदालतका श्रेस्तेदार आनन्दराज श्रेष्ठले बताएका छन् ।

शेर्पा माघ १८ गते पक्राउ परेपनि कम्युनिस्ट प्रधानमन्त्री ओलीसँग खास सम्बन्ध भएका कारण लामो समयसम्म घटनालाई प्रहरीले गोप्य राखेको थियो । तर ओलीको पावर कमजोर भएपछि यती समूहका सदस्यको अपराध सार्वजनिक भएको छ ।

प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो । सबै अभियुक्तलाई अदालतमा पेश गरिएपनि बिहीबार जिल्ला अदालतले थुनामा पठाएको हो । नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विवादमा समेत मुछिएका थिए ।

यती समूहको बदनाम हुने डरले नवाङ पक्राउ परेको सूचना लामो समयसम्म ओलीको पावरमा लुकाइएको भएपनि अदालतबाट उनी पक्राउ परेको सूचना चुहिएको थियो । यती समूहले नेकपालाई पार्टी कार्यालय दिएकोदेखि लिएर अनेक विवादमा नेकपा पार्टी र सरकार मुछिएको छ ।

पुष्पा न्यौपाने आ, त्महत्या प्रकरण: ‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

Previous articleपार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्री ओलीको आव्हान
Next articleदिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, ज्यान जानेको सङ्ख्या ३४ पुग्याे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।