जेल चलान भए यती समूहका ‘मालिक’, ओलीले पनि बचाउन सकेनन् !

0
62

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक प्रलोभनमा पारेर थुप्रै फाइदा लिएको आरोप लागेको यती समूहका एक जना ‘मालिक’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

यति समूह पूर्व अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पालाई जिल्ला अदालत काठमाडौंले लागूऔषध कारोबार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो ।

जिल्ला अदालत काठमाडौंको बिहीबारको आदेशले शेर्पासहित मुद्दाका चारै जना अभियुक्तलाई जेल चलान गरिएको अदालतका श्रेस्तेदार आनन्दराज श्रेष्ठले बताएका छन् ।

शेर्पा माघ १८ गते पक्राउ परेपनि कम्युनिस्ट प्रधानमन्त्री ओलीसँग खास सम्बन्ध भएका कारण लामो समयसम्म घटनालाई प्रहरीले गोप्य राखेको थियो । तर ओलीको पावर कमजोर भएपछि यती समूहका सदस्यको अपराध सार्वजनिक भएको छ ।

प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो । सबै अभियुक्तलाई अदालतमा पेश गरिएपनि बिहीबार जिल्ला अदालतले थुनामा पठाएको हो । नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विवादमा समेत मुछिएका थिए ।

यती समूहको बदनाम हुने डरले नवाङ पक्राउ परेको सूचना लामो समयसम्म ओलीको पावरमा लुकाइएको भएपनि अदालतबाट उनी पक्राउ परेको सूचना चुहिएको थियो । यती समूहले नेकपालाई पार्टी कार्यालय दिएकोदेखि लिएर अनेक विवादमा नेकपा पार्टी र सरकार मुछिएको छ ।

पुष्पा न्यौपाने आ, त्महत्या प्रकरण: ‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

Previous articleअब पेट्रोल र डिजेलमा १० रुपैंया पूर्वाधार कर
Next articleदिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, ज्यान जानेको सङ्ख्या ३४ पुग्याे