काठमाडौं, १५ फागुन । पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहेको उनको जिकिर छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न सङ्गठित प्रयास भएको बताए ।
‘‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो । यही आरोप सत्य हो भने ऊ सजायँको भागीदार हुन्छ’’ भन्दै उनले कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने स्पष्ट गरे ।
उनले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनाधिकृत ढङ्गले आएको बताए । प्रधानमन्त्री ओलीले उक्त टेपमा कुनै प्रमाण नभएको र प्रमाणित हुन नसक्ने बताए ।
तर बाँस्कोटमा दोष देखिएमा त्यसको सजाय उनले भोग्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको भन्दै त्यो काम नलाग्ने बताए ।
उनले पार्टीको सही नीति तथा व्यापक र सुदृढ सङ्गठन भए पनि प्रचारमाध्यममा मात्र कमी रहेको बताए ।
‘‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने काङ्ग्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’’, उनले भने, ‘‘ मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन् । कसले केक ल्याए, मलाई थाहा छैन । मैले केक छोइदिएको मात्र हुँ । केक उनीहरुले नै काटेका हुन् ।’’
उनले संसद्बाट आफू कहिल्यै नभागेको बताए । संसदमा बोल्न खोज्दा हुलहुज्जत गरेर बोल्न नदिएको उनको भनाइ छ ।
उनले भने ‘दुई तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिन ।’’
The post पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्री ओलीको आव्हान appeared first on Koshi Online.
रुकुम घ’टना : बे’इज्जत हुने भएकाले पूर्वयोजना अनुसार ह’त्या गर्यौं [किशोरीकी आमाको बयान]


