सुखानी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा हुँदै

0
104

भद्रपुर, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले २१ फागुनमा बिर्तामोडमा सुखानी शहीद ४७औँ स्मृति तथा श्रद्धाञ्जलिसभा आयोजना गर्ने भएको छ ।

भद्रपुरबाट कारागार सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जङ्गलमा २१ फागुन २०२९ सालमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको हत्या गरिएको थियो ।

सो दिनको स्मरणमा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ । नेकपा झापाले आयोजना गरेको उक्त स्मृतिसभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष चिन्तन पाठकले बताए ।  

प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले सुखानी शहीद स्मृति पार्क सालबारीमा शहीदको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम छ ।

नेकपा १ नम्बर प्रदेश कमिटीको बैठक १९ फागुनमा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम २० गते बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको नेकपा झापाका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख मणिकुमार साम्पाङले बताए ।

प्रदेश कमिटीको बैठकमा १ नम्बर प्रदेश अन्तर्गतका नेकपा केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहनेछ । २० गतेको प्रशिक्षणमा १४ वटा जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका सचिवालय सदस्यहरु सहभागी हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

The post सुखानी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा हुँदै appeared first on Koshi Online.

स्कूल पढ्दै गरेकी १४ वर्षिया किशोरीले शिशु जन्माईन्, गुपचुप घटना दबाउने प्रयास

Previous articleकोरोनाबाट बँच्न जापानमा चैतसम्म देशभर स्कूल बन्द
Next articleमृगौला फेर्न लागेका ओलीले राज्यकोषबाट लिए १७ करोड उपचार खर्च!