अझै पनि १०–१५ वर्ष मेरो स्वास्थ्यमा तलमाथि हुँदैन : प्रम ओली

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्र आफूले मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले आफ्नो स्वास्थ्यका विषयमा यस्तो बताएका हुन् ।

मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटाैं दिनमा घर आएर काम सुरु गर्ने उनको भनाइ थियो ।

उनले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गरे । ‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’, उनले भने ।

उनले थपे, ‘बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’

यसैगरी उनले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न सङ्गठित प्रयास भएको बताए ।

‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो । यही आरोप सत्य हो भने ऊ सजायँको भागीदार हुन्छ । होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ ’, उनले भने ।

उनले कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने स्पष्ट गरे ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढङ्ग आएको उनले बताए ।

‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो । मैले राजीनामा स्वीकृत गरेँ’, उनले भने, ‘उहाँले यो टेप मेरो होइन भनिरहनुभएको छु । म न्याय खोज्छु भन्नुभएको छ । स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यसको कुनै सत्यता पुष्टि भएको छैन । त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन । त्यो टेप प्रकरण प्रमाणित हुँदैन ।’

प्रम ओलीले बाँस्कोटामा दोष देखिएमा त्यसको सजाय उनले भोग्ने बताए । उनले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको छ भन्दै त्यो काम नलाग्ने बताए ।

The post अझै पनि १०–१५ वर्ष मेरो स्वास्थ्यमा तलमाथि हुँदैन : प्रम ओली appeared first on Koshi Online.

आफैले दुध खुवाएर हुर्काएकी दिदीकी छोरीलाई आफ्नै श्रीमानले भगाएपछि…..(भिडियोसहित)

Previous articleप्याराग्लाइडिङ च्याम्पियनशीपमा नेपाल दोस्रो
Next articleभक्तपुर नगरपालिकाले कक्षा ३ र ८ मा ‘ख्वपको पहिचान’ पाठ्यपुस्तक लागू गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।