कमेडी च्याम्पियनका सुमन गृहनगर ईटहरीमा, भन्छन ‘फाईनलमा दलेदाई-२ आउन सक्छ’ (भिडियो सहित)

ईटहरी / कमेडीको ईतिहासमा नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन यतिबेला फाईनलको चरणमा प्रवेश गरेकोे छ । फाईनल प्रबेश गरेसँगै च्याम्पियनको मञ्चबाट दलेदाईको उपनामले ख्याति कमाएका सुमन कोईराला यतिबेला गृहनगर ईटहरी आईपुगेका छन । बिभिन्न कार्यक्रममा सहभागिता जनाउदै भोट अपिल गर्न उनि ईटहरी आईपुगेका हुन ।

भोटका कारणले शोबाट बाहिरिए पनि फेरी वाईल्ड कार्ड ईन्ट्री बाट धमाकेदार प्रस्तुती दिदै आएका सुमन कमेडी च्याम्पियनको फाईनलिष्ट हुन् । शुक्रवार ईटहरी उपमहानगरपालिकाको सभाहलमा भोट अपिल सहितको पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जहाबाट सुनमले अहिले सम्म सहयोग गर्नै सम्पूर्ण नेपालि तथा पुर्वेलिहरुलाई धन्यवाद दिदै अब बाकि रहेको एक खुड्किलो पनि पार गराईदिन अनुरोध गरे । शोमा उनका हरेक प्रस्तुतिहरुले दर्शकको मात्र हैन निर्णायकहरुको समेत मन जित्दै आएको छ ।

उनको वजनदार कन्टेन्ट र प्रस्तुती सँगै दर्शक तथा निर्णायकको साथका कारण पनि उनि नै बिजेताको भागेदार हुन भन्न सकिन्छ । उनले फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिष्पर्धा गर्दैछन । शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण । सोको फर्म्याट अनुसार उत्कृष्ट १५ देखि यता कुनै जर्जको निर्णयका आधारमा नभई भोटिंगको सम्पूर्ण अघिकार दर्शकहरुको हातमा सुम्पिदै आईएको छ ।

भिडियो :-

 

The post कमेडी च्याम्पियनका सुमन गृहनगर ईटहरीमा, भन्छन ‘फाईनलमा दलेदाई-२ आउन सक्छ’ (भिडियो सहित) appeared first on Purbeli News.

‘धेरै चुरीफुरी नगर नानी, राजेश महानायक हो, ’ भन्दै राजेन्द्र खड्गीले गरे च्यालेन्ज (भिडियोसहित)

Previous articleचीनबाट फर्केपछि मंगोलियाका राष्ट्रपति नै क्वारेन्टाइनमा
Next article२० हजार घुससहित वडा सचिव अख्तियारको फन्दामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।