काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै विजय मिश्रविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा राजीनामा दिएका बास्कोटा उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका छन् ।
आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै पूर्वमन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनी केबीए नोटासिसका स्थानीय एजेन्ट विजय मिश्रमाथि मुद्दा दायर गरेका हुन् ।
शुक्रबार प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा बास्कोटाले मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेको बताएका छन् ।
बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालीबेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’

The post मिश्रविरुद्ध बास्कोटाले दायर गरे गाली बेइज्जतीको मुद्दा appeared first on Koshi Online.


