
नर्भिक इन्टरनेशनल हस्पिटलको नाक-कान-घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच परीक्षण गर्ने भएको छ। यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन २० गते मनाइदैछ।
यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा ‘जीवनका लागि श्रवण’ रहेको छ।
विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध सङ्क्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ। त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही सङ्क्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने खतरा समेत आइपर्न सक्छ।
तसर्थ समयमै गरिने श्रवण शक्ति ह्रास सम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा ‘जीवनका लागि श्रवणः श्रवण शक्ति कम भई आफ्नो गतिलाई सीमित हुन नदिऊ’ राखेको हुनुपर्छ। हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन्।
नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि सो संख्या अत्यधिक भएको अनुमान छ। मानिसको श्रवण शक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही त्यस्ता सङ्क्रमणहरु जस्तैः दादुरा, गलगाँड र रुवेला आदि छन् भने केही प्रकार क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मक क्रियाकलापहरू मुख्य रहेका छन्।
श्रवण शक्ति ह्रास हुँदा मानिसलाई विविध कठिनाईहरु आइपर्ने हुन्छ। जस्तैः व्यक्तिको व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारीक र सामाजिकीकरणमा समस्या, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी, परिवार÷समाजमा एक्लोपनको महसुस हुने, आदि रहेका छन्।त्यस्तै वयष्क मानिसहरूको श्रवण शक्तिको ह्रासले उनीहरूको व्यवहारिक पक्ष वा संज्ञानात्मक र मस्तिष्कलाई कमजोर पार्ने रोग जस्ता खतरनाक समस्याहरूको सिकार हुनसक्ने जोखिम बढाइदिने हुन्छ।
समयमा रोगको पहिचान, निदान एवम् उपचार गर्ने हो भने श्रवण शक्ति ह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ। उपर्युक्त तथ्यलाई मनन गर्दै नर्भिकको नाक–कान–घाँटी विभागले यहि फागुन २० गते मंगलवार र २१ गते बुधवारका दिन विहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ। सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र उपर्युक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भूषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने छ।
दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षण/जाँच समेत निःशुल्क गरिनेछ। त्यसरी नै कानसम्बन्धी शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट हुनेछ। शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५० प्रतिशत छुट गरिने व्यवस्था छ। श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा २५ प्रतिशत छुटसहितको दर/रेटमा प्राप्त हुनेछ।
जेठ १३ गते शनिवार सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह


