उपसभामुख तुम्बाहाङ्फेले गरिन् राजीनामाको घोषणा

काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । सोमबार संसद्मा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेकी हुन् ।

आइतबार नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सभामुख उम्मेद्वार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतबार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले छलफल पनि गरेका थिए ।

उपसभामुखको राजीनामा पछि बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्ने बताइएको छ ।

The post उपसभामुख तुम्बाहाङ्फेले गरिन् राजीनामाको घोषणा appeared first on Koshi Online.

लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि सुरु

Previous articleराजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे
Next articleसुन्तला बिक्रीबाट २५ लाख आम्दानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।