पार्टीमा अर्काे प्रधानमन्त्रीको खोजी भएको छैन : उपप्रधानमन्त्री पोखरेल

0
37

विराटनगर, १६ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढङ्गले नियुक्ति हुनुभएको र पार्टीभित्र अर्को प्रधानमन्त्रीका सम्बन्धमा खोजी चर्चा नभएको प्रष्ट पारे ।

वर्तमान सरकार आफ्नो हैसियतमा रहेको भन्दै रक्षामन्त्री समेत रहेका पोखरेलले सार्वजनिक भएका समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई आह्वान गरे ।

पार्टी सचिवालयले उपाध्यक्षलाई राष्ट्रिय सभामा मनोनितको सिफारिश गर्ने निर्णय आफ्नो प्रक्रियाबाट भएको र कार्यान्वयन हुनका लागि भएको तर यसको विधि र प्रक्रिया रहेकाले त्यसका विरुद्ध प्रधानमन्त्रीले केही नबोलेको उनले बताए ।

एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि मात्र संविधान संशोधन नगरी अभ्यास, अनुभव र औचित्यका आधारमा हुने उनको भनाइ छ ।

मुलुकमा अस्थिरता उत्पन्न गर्न भइरहेका विभिन्न षड्यन्त्रलाई परास्त गरिने बताउँदै उनले पार्टीभित्र विवाद सिर्जना गर्ने कार्य भइरहेको उल्लेख गरे ।

स्वेतपत्र कसैलाई वदनितपूर्णवाट होच्याउने आधारमा नभएकाले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको र यसमा भएका केही मिति सच्याइने उनले जानकारी दिए ।

The post पार्टीमा अर्काे प्रधानमन्त्रीको खोजी भएको छैन : उपप्रधानमन्त्री पोखरेल appeared first on Koshi Online.

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी

Previous articleढुंगेधारा संरक्षणका लागि हस्ताक्षर
Next articleविकास र समृद्विको साझा चाहना बोकेर, संघीय प्रणालीको बाटोमा मुलुक अगाडि बढिरहेको छ : मुख्यमन्त्री राई