अर्यालसहित तीन जना सचिवमा सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा बिहीबार बसेको सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याल, रामशरण पुडासैनी र अर्जुनप्रसाद पोख्रेललाई सचिवका लागि सिफारिस गरेको हो ।

आगामी मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिसमा १ नम्बरमा रहेका अर्याललाई सचिवमा बढुवा गर्नेछ । कुशल प्रशासकका रूपमा परिचित अर्याल हाल कोलकातास्थित नेपाली महावाणिज्यदूतका रूपमा कार्यरत छन् ।

The post अर्यालसहित तीन जना सचिवमा सिफारिस appeared first on Rajdhani Daily News.

कल्पनाको श्रीमान् दुबईमा: यता कृष्णबहादुरले आमाछोरी नै ता’केपछी अक’ल्पनीय अन्त्य

Previous articleकोरोना भाइरसको अति उच्च जोखिममा नेपाल
Next articleआवश्यकभन्दा २५ लाख बढी पुस्तक छपाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।