कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

डब्लूएचओले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । योभन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो ।

स्वास्थ्य सेवा विभागले आवश्यक पूर्वतयारीलाई तीव्र पारेको विभागका महानिर्देशक श्रेष्ठले बताए । ‘हामी पूर्व तयारीमा छौं । अब हामी नितान्त अरू कामभन्दा पनि पूर्वतयारीमा मात्रै केन्द्रित हुन्छौं,’ उनले भने । अविकसित देश, खुला सीमानाकाका कारण पनि नेपाल कोरोनाको जोखिममा छ । कोरोना संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

उता, भक्तपुरस्थित विद्युत् प्राधिकरण र नगरकोटको क्वारेन्टाइनमा रहेका १ सय ९३ नेपालीको आज शनिबार थ्रोट स्वावको नमुना संकलन गरिने राष्टिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । नमुना परीक्षण नेगेटिभ आए उनीहरू घर फर्किनेछन् ।

The post कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल appeared first on Rajdhani Daily News.

चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर निस्कन नपाइने

Previous articleभारतका चर्चित विद्यार्थी नेता कन्हैया कुमार विरुद्ध मुद्दा चलाउन केजरीवाल सरकारकाे अनुमति
Next articleअर्यालसहित तीन जना सचिवमा सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।