संकटा र ब्रिगेड ब्वाइज गोलरहित बराबरीमा

Click Image

संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन्। संकटाको ७ खेलपछि २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक जोडेको छ। बिबिसीले २ जित, २ बराबरी र ३ हार बेहोर्दै ८ अंक छ।

बीबीसीले आजको खेलमा भारतीय खेलाडी मोहम्मद सौकतलाई मैदान उतारेको थियो। दक्षिण एसियाली कोटा अन्तगर्त बीबीसीले भारतीय एक खेलाडीलाई टोलीमा आबद्ध गरेको हो। मोहम्मदले बिएसए स्पोर्टिङ क्लबबाट भारतको कोलकाता प्रिमियर लिग खेलेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लोे नियमावली अनुसार ए डिभिजन टोलीले लिगका लागि ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप चौथो खेलाडी राख्दा एक जना दक्षिण एसियाली खेलाडी अनिवार्य गरेको छ।

आर्मी र च्यासल भिड्दै
आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी र च्यासल युथ क्लव मैदान उत्रदैछन्। लिगको सातौं चरणको अन्तिम खेल दशरथ रंगशालामा दिउँसो ३ बज हुनेछ। उपाधि दाबेदार आर्मी च्यासललाई हराउँदै मछिन्द्रसँगको अंक दुरी बढाउन चाहान्छ।

गत साता संकटासँग १–१ गोलको बराबरीमा रोकिएपछि आर्मीले शीर्षस्थानमा उक्लने मौका गुमाएको थियो। कम्तिमा बराबरीको नतिजाले समेत आर्मी शीर्षस्थानमा उक्लनेछ। आर्मीले ४ जित, १ बराबरी र १ हारबाट १३ अंक जोडेको छ।

अर्कोतर्फ लिगमा १ सय गोलको आँकडा पार गरेका सन्तोष साहुखलको साथ पाएको च्यासल आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने योजनामा हुनेछ। सुरुवाती दुई खेलमा उत्कृष्ट प्रर्दशन गरेको च्यासलले त्यसयता लय समाउन सकेको छैन। च्यासल ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२औं स्थानमा छ।

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो

Previous articleरंगशालाको पर्खालले छेक्न नसकेको फुटबल हेर्ने रहर (भिडियो)
Next articleसभामुखको निर्वाचन माघ १२ गते हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।