ओलीले मन्त्रीहरूसँग गरे गम्भीर छलफल, ईश्वर पोखरेललाई विशेष जिम्मा, के छ निष्कर्ष ?

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमण कोरिया, युरोप र मध्यपूर्वका देशसम्म देखिएपछि नेपालमा त्यसको रोकथामका लागि मन्त्रीहरूसँग गरेको गम्भीर छलफलले उच्च सतर्कता अपाउने निष्कर्ष निकालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको तथा मुलुकमा बढी आउजाउ हुने चीन बाहेकका अरु देशमा समेत कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ बालुटारमा मन्त्रीहरूको बैठक बोलाएर उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।

बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेका छन् ।

समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने रणनीति अपनाइएको छ । ती मन्त्रीका अनुसार बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमा समेत छलफल भएको थियो ।

आगामी दिनमा समितिले नै यसबारे अध्ययन गरेर आवश्यक परे हवाई उडाउन स्थगित गर्नेसम्मको निर्णय गर्न सक्ने जनाइएको छ । प्रधानमन्त्री ओलीले समितिलाई कोरोना रोकथामका लागि आवश्यक निर्णय गर्ने अख्तियारी सहितको निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुको स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक चिकित्सक र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिएका छन् । उनले कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आवश्यक उपकरण, ल्याब, किट तथा औषधिको पर्याप्त भण्डारण गर्न समेत स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

Previous articleआज पहाडमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना
Next articleसंक्रमणकालीन न्याय प्रक्रिया लम्बिँदा पीडितलाई थप पीडा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।