कोरोना भाइरस संक्रमण प्रभाव : कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी

फैलिन सक्ने भन्दै उच्च सतर्कता

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लु.एच.ओ) ले नेपाललाई कोरोना भाइरस संक्रमण फैलिन सक्ने अति उच्च जोखिममा सूचिकृत गरेपछि सरकारले त्यसको प्रतिरक्षा गर्न कार्ययोजना बनाउँदै अघि वढ्ने तयारी थालेको छ ।
कोरोना संक्रमणबाट हालसम्म दुइ हजार नौ सय ३३ जनाको मृत्यू भइसकेको छ । संक्रमितको संख्या ८५ हजार चार सय ९ जना रहेको छ । यसरी हेर्दा एक सय जना संक्रमित मध्ये चार जनाको मृत्यू हुने दर रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले नेपालमा कोरोना संक्रमण फैलिन नदिन सवै संयन्त्र परिचालन गर्ने गरी तयारी अघि वढाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्तकता अपनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सह—प्रवक्ता सागर दाहालका अनुसार कोरोना संक्रमण फैलिन नदिन कार्ययोजना बनाउँदै क्रमिक रुपमा कार्यान्वयन गर्दै अघि बढिनेछ । प्रवक्ता दाहालले भने, विरामीको निगरानी गर्ने संयन्त्रदेखि आइसोलेसनको व्यवस्थालाई अघि बढाइन्छ । आवश्यक प¥यो भने समुदायपनि परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को जोखिम रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना अघि सारेको हो ।

स्वास प्रश्वासको संक्रमण भएर सघन उपचार कक्षमा उपचार गराइरहेकालाई विश्व स्वास्थ्य संगठनको प्रोटोकोलको आधारमा त्यहाँ रहेका विरामीलाई छुट्टै अस्प्तालमा परिक्षण गरीने व्यवस्था मिलाइने योजना छ ।
कार्ययोजनामा नेपालमा कोरोना देखिए कसरी व्यवस्थापन गर्ने, उपचार प्रक्रिया के हुन् र कसरी तयारी गर्ने, पूर्वतयारी र बच्न के कसरी सकिन्छ, रोकथाम कसरी गर्ने भन्ने विषय समेटिनेछन् । नेपालमा कोरोनाको जोखिम रोकथामका लागि समुदायस्तर या संस्थागत स्तरबाट संयन्त्र परिचालन गर्न सकिने विषयलाई पनि कार्ययोजना समेटिनेछ । पूर्वतयारी स्वरुप नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्क्रीनिङ व्यवस्था, कोरोना परीक्षण तथा निगरानीका लागि अस्पतालसंगको समन्वय गरिएको स्वास्थ्य मन्त्रालयले वताएको छ ।

केस कसरी पत्ता लगाउने, कसरी सुरक्षित रहने, अनुमानित विरामी कति हुन सक्छन्, ती विरामीलाई कहाँ राख्ने लगायतका विषय पनि कार्ययोजनामा समेटिनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले चिनवाट ल्याइएका नेपालीहरूको व्यवस्थापन सन्दर्भमा क्वारेन्टाइनका लागि कार्यविधि बनाएको थियो । यसैविच, भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि नमूना संकलन गरिएको छ । क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको हो ।

नमूना संकलन गर्न स्वास्थ्य मन्त्रालयको टोली क्वारेन्टाइन स्थलमा पुगेको थियो । संकलन गरिएको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरिने छ । सरकारले कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको बताएपनि आइसोलेसन वार्डको अभाव कायमै छ । यस्तै, खुला सिमाना, हवाई सुरक्षा लगायतमा समस्या भएको स्वास्थ्य सम्वन्धि जानकारहरू वताउँछन् ।

रक्षामन्त्रीको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति

कोरोना भाइरस रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सरकारले उच्चस्तरीय समन्वय समिति बनाएको छ । बालुवाटारमा बसेको बैठकले गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत सदस्य रहनेछन् । समितिले रोकथामका लागि आवश्यक निर्णय गर्ने बताइएको छ ।

यस्तै, नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरूको गतिविधिलाई नजिकबाट हेर्ने योजना सरकारको छ । प्रधानमन्त्रीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचको उपकरण र औषधिहरू पर्याप्त भण्डारण गर्न र चिकित्सकहरूलाई परिचालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथामका लागि आवश्यक निर्णयहरू यही समितिमार्फत गर्न निर्देशन दिए ।

The post कोरोना भाइरस संक्रमण प्रभाव : कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी appeared first on Rajdhani Daily News.

रियाद र दोहामा पनि नियमित उडान सुरु हुने, यस्तो छ अक्टोबरको उडान तालिका

Previous articleडेरी उद्योगमा युवा आकर्षित
Next articleकोरोनाका कारण अमेरिकामा पहिलोपटक मृत्यु, नआत्तिन देशवासीलाई ट्रम्पको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।