नाबालिकाहरुलाई यौनदुर्व्यवहार गर्ने चितवनका दुई शिक्षक पक्राउ

चितवनको भरतपुर महानगरपालिका वडा नं १३ गंगानगरस्थित श्री माध्यमिक विद्यालय गंगानगरमा अध्यापनरत दुई शिक्षक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

सो विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया नाबालिकालाई सोही विद्यालयमा कार्यरत शिक्षक भरतपुर १३ निवासी ५८ वर्षीय फणिन्द्र भट्टराई र कक्षा ६ मा अध्यनरत १२ वर्षीया नाबालिकलाई ५२ वर्षीय शिक्षक बिमलप्रसाद देवकोटाले यौन दुर्व्यवहार गरेका थिए ।

दुवै शिक्षकले आआफ्ना कक्षामा पढाउने क्रममा विभिन्न बहानामा संवेदनशील अङ्गमा सुम्सुम्याउने, हात लगाउने गरेको भनी निज दुवै नाबालिकाको अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दरखास्त दिएका हुन् ।

अभिभावकको जाहेरीका आधारमा निज दुवै शिक्षकलाई पक्राउ गरी शुक्रबार चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/18573

Previous article‘महत्त्वपूर्ण आर्थिक मुद्दामा सबै एकै ठाउँमा उभिनुपर्छ’
Next articleराष्ट्रपतिबाट दाहाललाई राष्ट्रियसभामा मनोनित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।