असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित

डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु-याएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने, ‘साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पा-यो ।’ सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥यायो भन्ने आँकलन नभएको जानकारी दिए ।

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पु¥याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए ।

उनले भने, ‘असिनाले किसानलाई निकै समस्या पा-यो ।’ गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पु¥याएपछि निरास भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पु¥याएको छ जानकारी लिने काम भइरहेको जानकारी दिए ।

The post असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित appeared first on Rajdhani Daily News.

किशोरको बयान : दाजु विदेशमा, घरमा सबै सुतेपछि भाउजु आउनुहुन्थ्यो, बच्चा होला भन्ने थाहा थिएन !

Previous articleदैलेखमा रुखबाट खसेर महिलाको मृत्यु
Next articleसामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षामन्त्री पोखरेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।