आइतबारको एल–क्लासिको ला लिगाको उपाधिमा दाबेदारी प्रस्तुत गर्ने अवसर

खेल नेपाली समयअनुसार आजराति एक बजेर ४५ मिनेटमा मड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबेउमा हुनेछ।

लिगमा शीर्ष स्थानको बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ। समान खेलबाट ५३ अंक बटुलेको रियल मड्रिड लिगको दोस्रो स्थानमा छ।

त्यसैले आजको एल–क्लासिको ला लिगाको उपाधिमा दाबेदारी प्रस्तुत गर्ने अवसर हो। खेल जिते बार्सिलोनाले ५८ अंक बटुल्नेछ। यो अंक मड्रिडको भन्दा ५ अंकले बढी हुनेछ। यसरी बार्सा ला लिगाको उपाधिमा थप मजबुत बन्नेछ।

यस्तै मड्रिडले खेल जिते उसले ५६ अंक बनाउनेछ। यसरी मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएर उपाधि जित्ने होडमा बलियो बन्नसक्छ।

वितेको एक दशक एल–क्लासिको लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिष्ठाको लडाइँ थियो।

यतिबेला एल–क्लासिको नयाँ खेलाडी उदाउने माध्यम बनेको छ। बार्सा र रियल मड्रिडमा हाल नयाँ प्रतिभावान खेलाडीहरु छन्।

विश्वका स्टार फुटबलरहरु बार्सा र मड्रिड दुवैमा समावेश छन्। त्यसकारण एल–क्लासिकोलाई विश्वकै एक प्रतिष्ठित खेल प्रतिस्पर्धाको रुपमा हेरिन्छl

बार्सिलोनाले सार्वजनिक गरेको टोली

गोलरक्षकः मार्क आन्द्रे टर स्टेगन, नेटा

डिफेन्डरः नेल्सन सेमिडो, जिरार्ड पिके, क्लिमेन्ट लिंग्लेट, जोर्डि अल्बा, स्यामुल उमटीटी, जुनियर फिर्पो

मिडफिल्डरः इभान राकिटिक, सर्जियो बुस्केट्स, अर्थुर, फ्र्यांकी डि योङ, आतुरो भिडाल, एलेक्स कोलाडो

फरवार्डः लियोनल मेस्सी, एन्टोनी ग्रिजम्यान, मार्टिन ब्रेथवेट, आन्सु फाती

मड्रिडले सार्वजनिक गरेको टोली

 गोलरक्षकः थियाबो कोर्ट्वा, एरियोलो, फ्युदियास

डिफेन्डरः ड्यानी कार्भाजाल, मिलाइतो, सजियो रामोस, भेरान, मार्सेलो, मेन्डी

मिडफिल्डरः टोनी क्रुज, लुका मोड्रिच, क्यासेमिरो, भेलभार्दे, इस्को

फरवार्डः करिम बेन्जेमा, ग्यारेथ बेल, लुकास भास्कस, मारियानो डियाज, भिन्सियस जुनियर

कतारमा रोजगार परिवर्तन गर्न के के गर्नुपर्ला? हेर्नुहोस् सम्पूर्ण प्रक्रिया

Previous articleभैरहवाले घोषणा गर्‍यो ३ विदेशी खेलाडी
Next articleप्रचण्डमाथि जुत्ता प्रहार !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।