Home Uncategorized अमेरिकामा दुई प्रहरीको गोली हानी हत्या

अमेरिकामा दुई प्रहरीको गोली हानी हत्या

हवाइ राज्यको वाइकीकी भन्ने स्थानबाट आपतकालीन फोन आएपछि दुई प्रहरी एक घरमा सहयोगका लागि पुगेका थिए।

सोही क्रममा अमेरिकी समयअनुसार आइतबार बिहान दुई प्रहरीको हत्या भएको हो। सीएनएनका अनुसार प्रहरीको हत्या गरिएपछि प्रहरीलाई फोन गरिएको घर जलाइएको थियो।

प्रहरीका अनुसार एक महिलाले आइतबार होनोलुला प्रहरीलाई सहयोग चाहिएको भन्दै फोन गरेकी थिइन्।

प्रहरी अधिकृत टिफानी इनरिक्ज सहयोगकका लागि पीडितको घर पुग्दा एक प्रहरीलाई चक्कुले घाइते भएकी महिलालाई सहयोग गरिरहेका थिए।

त्यसपछि दुवै प्रहरीले चक्कु प्रहार गर्ने व्यक्ति खोज्दा संदिग्ध व्यक्तिले अन्धाधुन्ध गोली हानेको जनाइएको छ।

गोली प्रहार गर्ने व्यक्तिले घरमा आगो लगाउँदा ७ घर जलेर नस्ट भएको जनाइएको छ।

हाल ती व्यक्तिको खोजी भइरहेको छ।

नेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती

Previous articleअमेरिकी गोलीकाण्डमा दुई मारिए
Next articleतालामाराङ बजारमा आगलागी, २० लाखको क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।