हवाइ राज्यको वाइकीकी भन्ने स्थानबाट आपतकालीन फोन आएपछि दुई प्रहरी एक घरमा सहयोगका लागि पुगेका थिए।
सोही क्रममा अमेरिकी समयअनुसार आइतबार बिहान दुई प्रहरीको हत्या भएको हो। सीएनएनका अनुसार प्रहरीको हत्या गरिएपछि प्रहरीलाई फोन गरिएको घर जलाइएको थियो।
प्रहरीका अनुसार एक महिलाले आइतबार होनोलुला प्रहरीलाई सहयोग चाहिएको भन्दै फोन गरेकी थिइन्।
प्रहरी अधिकृत टिफानी इनरिक्ज सहयोगकका लागि पीडितको घर पुग्दा एक प्रहरीलाई चक्कुले घाइते भएकी महिलालाई सहयोग गरिरहेका थिए।
Our entire state mourns the loss of two Honolulu Police officers killed in the line of duty this morning. As we express our condolences to their families, friends and colleagues, let us also come together to help and support those who have been forever changed by this tragedy. pic.twitter.com/qgEKTb3VXf
— Governor David Ige (@GovHawaii) January 19, 2020
त्यसपछि दुवै प्रहरीले चक्कु प्रहार गर्ने व्यक्ति खोज्दा संदिग्ध व्यक्तिले अन्धाधुन्ध गोली हानेको जनाइएको छ।
गोली प्रहार गर्ने व्यक्तिले घरमा आगो लगाउँदा ७ घर जलेर नस्ट भएको जनाइएको छ।
हाल ती व्यक्तिको खोजी भइरहेको छ।