कोरोनाको सन्त्रास : चिनियाँ कामदार फर्किएपछि स्थानीय आतंकित

लमजुङ । लमजुङमा एकाएक चिनियाँको आगमनले जिल्लावासीमा कोरोनाको त्रास फैलिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेसीमा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाका कामदार बिनाचेकजाँच जिल्लामा आएपछि जिल्लावासीमा सन्त्रास फैलिएको हो ।

सो आयोजनामा प्राविधिक र कामदार गरी ६१ जना चिनियाँ कार्यरत थिए । नयाँ वर्ष मान्नका लागि गएका उनीहरू २३ माघभित्र काममा फर्कनेगरी एक महिनाको छुट्टीमा घरमा गएका थिए ।

तीमध्येका सात जना शनिबार एकाएक कार्यक्षेत्रमा देखिएपछि गाउँलेमा त्रास फैलिएको छ । उनीहरू रातको समयमा आएका कारणले गर्दा गाउँलेमा थप त्रास छाएको स्थानीय क्षेत्रका क्रियाशील सिर्जना युवा क्लबका अध्यक्ष भेषबहादुर थापाले बताए । त्यो खबरले जिल्लाभर चिन्ता छाएको छ ।

उक्त आयोजनामा काम गर्ने संख्याभन्दा बढी मात्रामा चिनियाँ आएको गाउँलेहरूले बताएका छन् । अघिल्लो दिन दुई मिनी बसमा आएका उनीहरू शनिबार राति पनि एक बस आएका हुन् ।

उनीहरूलाई लिएर आएको बस आइतबार बिहान मात्र फर्किएको गाउँलेले बताए । सिर्जना क्लबका अध्यक्ष थापाले भने, ‘क्लबको आयोजनामा गाउँले भेला बसेर उनीहरू निरोगी रहेको बारेमा विश्वस्त हुने आधार दिनका लागि आयोजनाको सरोकार समिति, आयोजना र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ ।’ उनका अनुसार आयोजनाको बाटो घाँसपात गर्न जानुपर्ने, बालबालिका स्कुल आउने भएको हुँदा दिनहुँ गाउँलेसँग कामदार घुलमिल हुन बाध्य हुनुपर्ने अवस्था छ, ताराचोक गाउँका विद्यार्थी दिनहुँ आयोजनाको बाटो भएर ठूलीबेसीको स्कूलमा पढ्न आउने जाने गर्दछन् त्यसैले पनि चिन्ता बढाएको छ । उनले भने, ‘ज्ञापन पत्र लिएर प्रशासनमा बुझाउन आएमा हामीहरू आउँदाआउँदै ५ बज्यो, त्यसै बीचमा प्रजिअ गाउँ आउने भन्ने खबर पनि आयो, हामी गाउँमा गएर पहिलो काम प्रजिअलाई ज्ञापन पत्र बुझाउँछौं ।’

यसबारेमा उक्त आयोजनामा सम्पर्क गर्दा २६ जना मात्र कामदार आएको न्यादी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । गुरुङले भने, ‘गाउँलेहरू त्रासमा भएको देखिएको छ, उनीहरूले प्रक्रिया पूरा गरी आएको आफूहरूलाई जानकारीमा आएको छ ।’

यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा त्यस्तो हल्ला आएपछि आयोजनाका व्यक्तिलाई बोलाएर यथार्थता बुझ्ने काम भएको र उनीहरूलाई थप १५ दिनसम्म गाउँलेको सम्पर्कमा नजान दिर्नेशन दिइएको नि. प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।

चिनियाँ त मुस्ताङ हुँदै पैदल आएको जिज्ञासामा नि. प्रजिअ शाहीले भने, ‘अहिलेसम्म त हवाई मार्गबाट आएका हुन् भन्ने नै छ, त्यसबारेमा थप बुझ्नुपर्ने हुन्छ ।’
यसबारेमा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले प्रशासन, आयोजना, स्वास्थ्य कार्यालयका प्रमुखसहित गाउँलेसँग संयुक्त अन्तक्र्रिया राखेको बताए । कुल ३० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माणकार्य सम्पन्न गरिसकेकोमा थप निर्माण कार्य यतिबेला प्रायः ठप्प रहेको छ ।

The post कोरोनाको सन्त्रास : चिनियाँ कामदार फर्किएपछि स्थानीय आतंकित appeared first on Rajdhani Daily News.

कतारका नेपालीले उठाए सियोना श्रेष्ठ बचाउ अभियानलाई यति धेरै पैसा

Previous articleसंवैधानिक निकाय र संसद्
Next articleराप्रपाको महाधिवेशन २५ जेठमा, ४५ सय सहभागि हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।