राप्रपाको महाधिवेशन २५ जेठमा, ४५ सय सहभागि हुने

काठमाडौं, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी २५ जेठमा हुने महाधिवेशनमा ४ हजार पाँच सय प्रतिनिधि सहभागी हुने छन् । राप्रपाको संशोधित विधान अनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ ।

न्युनतम सकृय सदस्यता नभएका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधानमा उल्लेख छ ।

गाउँपालिका, नगर, उपमहानगर, महानगर, प्रदेश, संघ र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वतः प्रतिनिधि हुने र प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितिबाट ८ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन् ।

८ जनामा अनिवार्य २ महिला, १ उत्पीडित, २ जना आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, मधेसीबाट र ३ जना अन्यबाट गरी प्रतिनिधित्व रहने छ।

केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन, आर्थिक र सूचना–प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिए ।

The post राप्रपाको महाधिवेशन २५ जेठमा, ४५ सय सहभागि हुने appeared first on Koshi Online.

पासपोर्ट Renew गर्न साउदीको दम्माममा अस्थाई कार्यालय संचालन हुने मिति र समय तोकियो

Previous articleकोरोनाको सन्त्रास : चिनियाँ कामदार फर्किएपछि स्थानीय आतंकित
Next article७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १४ वर्षीय बालक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।