
एक सपिङ मलका पूर्व सुरक्षागार्डले सोही सपिङ मलमा सोमबार ३० जना बन्दी बनाएको अल्जाजिराले जनाएको छ।
ती व्यक्तिसँग बन्दुक र बमहरु भएको बताइएको छ। उनले सोमबार मानिसहरुलाई बन्दी बनाउने क्रममा बन्दुक चलाउँदा एकजना घाइते भएका छन्।
उनको हाल अस्पतालमा उपचार भइरहेको छ। यस घटनाले भि–मल नामको सपिङ मलमा यतिबेला खैलाबैला मच्चिएको छ।
![A group of armed police soldiers arrive at the mall after shots were fired insides [Aaron Favila/AP Photos]](https://i0.wp.com/ujyaalonepalnews.com/wp-content/uploads/2020/03/6328f51b628d425ca0565a4b71ce5918_18.jpg?w=696&ssl=1)
प्रहरी र सेनाहरु यतिबेला उक्त सपिङ मल नियन्त्रण गर्ने प्रयासमा जुटेका छन्। ती व्यक्तिसँग प्रहरीले ठूलो माइकमार्फत् संचार गरेर समन्वय गर्ने प्रयास पनि गरिरहेको अल्जाजिराले जनाएको छ।
जागिरबाट निकालिएपछि ती पूर्व सुरक्षागार्ड निकै दुखित बनेको स्थानीय पत्रकारहरुले जानकारी दिएका छन्। सोही कारण उनले सपिङ मलमा बन्दुक र बम बोकेर त्रास फैल्याएको अनुमान गरिएको छ।
WATCH: Sitwasyon sa loob ng Virra Mall sa Greenhills Shopping Center, San Juan City matapos ang isang shooting incident | via @dzrh5 Val Gonzales #DZRHat80 pic.twitter.com/BHXIxkeXaF
— DZRH NEWS (@dzrhnews) March 2, 2020

पासपोर्ट Renew गर्न साउदीको दम्माममा आउँदो शुक्रबार २५ डिसेम्बर २०२० मा घुम्ती शिविर संचालन हुने


