काठमाडौं । भारतको नयाँदिल्लीमा पनि एक जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ ।
सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो । एकजना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले पुष्टि गरेको हो ।
नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटलीबाट आएका थिए भने तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन् । मन्त्रालयका अनुसार दुबै बिरामी अहिले स्थिर रहेको बताइएको छ।
The post नयाँदिल्लीमा पनि एक जनामा भेटियो कोरोना भाइरस appeared first on Rajdhani Daily News.