Home Uncategorized लाईसेन्समा अब नयाँ नियम आउंदै: ट्रायल पुरै नकटाए पनि लाईसेन्स पाईने

लाईसेन्समा अब नयाँ नियम आउंदै: ट्रायल पुरै नकटाए पनि लाईसेन्स पाईने

लाईसेन्समा अब नयाँ नियम आउंदै: ट्रायल पुरै नकटाए पनि लाईसेन्स पाईने

काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौ’लियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । कतिपय अवस्थामा बिचौ’लियामार्फत लाइसेन्स लिँदा न’क्कलीसमेत पर्ने गरेको भेटिने गरेको छ । यस्तै वि’कृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

‘हामीले चालक अनुमतिपत्रलाई सहजीकरण गर्न खोजेका हौं,’ उनले भने, ‘सहजीकरण नगर्दा सर्वसाधारणले धेरै दु:ख पाए, जसले गर्दा सिस्टममा सधैं द’बाब परिरह्यो ।’ उनका अनुसार हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका वि’कृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ‘केही गरी फागुनमा रोकिए पनि चैतभित्र लागू भइछाड्छ,’ उनले भने, ‘विकृतिलाई ह’टाउन र नागरिकलाई सहज ढंगले लाइसेन्स पाउने व्यवस्था गर्न लिखित र ट्रायललाई सहज बनाउन खोजेका हौं ।’

उनका अनुसार लिखितमा एक हजार वटा प्रश्नोत्तर समेटिएको पुस्तक तयार गरिनेछ । जुन अनलाइन माध्यम र पुस्तक पसलमा पाइनेछ । ‘लिखित परीक्षामा सोही पुस्तकबाट मात्र प्रश्न सोधिनेछ,’ उनले भने, ‘यसो गर्दा सबै जना पास हुने भए, सबै प्रश्न र उत्तर पढिसकेपछि परीक्षार्थीले ट्राफिक नियमबारे पनि राम्रोसँग थाहा पाउँछ ।’ ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फे’ल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फे’ल हुँदा अर्कोमा पास हुन स’मस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौ’लिया प्रवृत्ति कम गर्ने विभागको दा’बी छ । ‘मापदण्डअनुसार जोकोही एकपटक पास नभए पनि अर्को परीक्षा दिँदा पास हुन्छ,’ उनले भने, ‘नागरिकले सहज रूपमा सेवा पाउँछन्, त्यसैले हामीले मापदण्ड बनाएका हौं ।’ मापदण्डबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भइसकेको छ । यसमा सम्बद्ध केही कार्यालयलाई पहिले प्रशिक्षण गरिने हमालले जानकारी दिए ।

केही समय कसरी जाँच लिने भन्नेबारे कर्मचारीलाई प्रशिक्षण दिइने उनको भनाइ छ । सबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ । ‘यत्रो मिहिनेत गर्दा पनि लाइसेन्स बनेन, लिखित पास भए पनि ट्रायलमा फेल भइयो भन्ने गु’नासा धेरै आउँछन्,’ उनले भने, ‘यसको फाइदा बिचौ’लियाले उठाइरहेका छन्, मापदण्ड लागू भएपछि सबै स’मस्या हट्छ ।’ यातायातसँग सम्बन्धित विज्ञको सुझाव समेटेर मापदण्ड बनाइएको उनले जानकारी दिए ।

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

Previous articleविदेशमै यस्तो, साथीलाई सापट दिएको पैसा माग्दा गु’ण्डा लगाएर कु’टियो, खुट्टा समेत का’टियो
Next articleसाथीलाई सा’पट दिएको पैसा फिर्ता माग्दा तामिल लगाएर कु’टियो, खुट्टा समेत का’टियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।