
ए डिभिजन लिग विजेता मछिन्द्र क्लव म्याइभ्याली गोल्डकप फुबटल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इलामको ठुलो टुडिखेलमा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाईज क्लवलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै मछिन्द्र अन्तिम ४ मा पुगेको हो।
निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि २० मिनेट थप गरिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको खेलमा मछिन्द्रले नतिजा आफ्नो पक्षमा पारेको हो।
अनुरागको प्रहार बारमा लागेर फर्कनु गोर्खा ब्वाइजका लागि दुर्भाग्य बन्यो। गोर्खा ब्वाईजका सञ्जिव लामा, गौतम श्रेष्ठ, फोफे फोफानाले गोल गरे। मछिन्द्रको जितमा रेजिन धिमाल, बुद्ध चेम्जोङ, विमल घर्तिमगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे।
खेलको म्यान फ दि म्याच बनेका रेजिन धिमालले १० हजार रुपैयाँ प्राप्त गरे। खेल अवधिभर गोर्खा ब्वाइजले मछिन्द्रलाइ निकै दबाबमा राखेको थियो।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मगंलबार म्याइभ्याली फुटबल क्लव र मोहम्मडन स्पोर्टिङ क्लव कोलकता भिड्नेछन्। प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
टोखा घ’टनामा नयाँ खु’लासा: पहिले श्रीमानको ह’त्या श’व लु’ काउन नसकेपछि आ’त्मह’त्या


