सप्तरी, राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण कार्यको सफलता तथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा एक सामाजिक संस्थाले सोमबारदेखी धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरेको छ ।
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहेका प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकका लागि अझ आवश्यक रहेको कुरालाई दृष्टिगत गरि उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताए ।
पिठाधिश ठाकुरको नेतृत्वमा सुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहाभागिता रहेको छ । नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा करिब १३ वर्ष अघि प्रत्यारोपित मृगौलालई शरीरले अस्विकार गरेसँगै प्रधानमन्त्री ओलीको नयाँ मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको हो ।
The post प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल होस भन्दै धार्मिक अनुष्ठान appeared first on Rajdhani Daily News.
कतारी प्रहरीमा जान १५ लाख सम्म फ’साउंदै युवा; २० करोडको चलखेल हुँदै


