डोल्पाको एउटा सिंगो गाउँमा अज्ञात रोगको प्रकोप, ४० जना सिकिस्त

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पहिचान नभएको रोगले ४० जनाभन्दा धेरै थला परेका छन्।

बिगत एकसातादेखि त्रिपुरासुन्दरी १ करेलीकाँडा गाउँमा अज्ञात रोगको महामारी फैलिएको हो।

रोगले अहिलेसम्म करिब ४० जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी नारायण रञ्जितकारले जानकारी दिए। करेलीकाँडा मुकुटेश्वर हिमालको फेदमा पर्छ। गाउँमा ४५ घर छन्।

‘सोमबार घरैपिच्छे सबै बिरामी परेको सूचना आएपछि गाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेका छौँ,’ डिएसपी रञ्चितकारले मंगलबार बिहान नेपालखबरसँग भने, ‘हिजो (सोमबार) देखि नै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेर बिरामीको उपचार सुरु गरिएको छ। आज जिल्ला अस्पतालबाट थप औषधी र स्वास्थ्यकर्मी पनि पठाउँदै छौँ।’

त्रिपुराकोटबाट अहेव शेरबहादुर कठायतको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले गाउँका सबै बिरामीलाई स्थानीय आधारभूत विद्यालयको प्रांगणमा जम्मा गरेर उपचार सेवा प्रदान गरिरहेको डिएसपी रञ्जितकारले बताए।

अज्ञात रोगका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्त बिरामी भएका छन्। बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, रिंगाटा लाग्ने, शरीर झमझमाउने, बान्ता हुनेजस्ता लक्षण देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाई छ।

मंगलबार दिउँसो प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोली प्रभावित गाउँमा जाने तयारी भैरहेको डिएसपी रञ्जितकारले जानकारी दिए।

आफु माथि कु’टपिट र अ’श्लिल गा’ली गरेको भन्दै नायिका सुष्मा कार्की पुगिन् प्रहरीको श’रणमा

Previous articleकोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन नै आत्तियो, दियो यस्तो चेतावनी
Next articleनेकपाको प्रदेशस्तरी कार्यकर्ता प्रशिक्षण स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।