चिनियाँ संचारमाध्यमलाई अमेरिकामा कडाइ, अब सीमित कर्मचारी मात्र राख्ने पाउने

चीनले अमेरिकी वाल स्ट्रिट जर्नलका तीन पत्रकारालई देश निकाला गरेपछि अमेरिकाले चीनको सरकारद्वारा संचालित चाइना रेडियो इन्टरनेसनल, चाइना डेली, सीजीटीएन, सिन्ह्वा र पिपुल्स डेलीलाई विदेशी अभियान संचालन गर्ने संस्था घोषणा गरेको थियो।

अमेरिकाले उक्त संस्थाहरुले आफ्ना गतिविधि संचालन गर्न अब संचारमाध्यमको हैसियतले नभएर राजदूतावासलेजस्तै नियम पालना गर्नुपर्ने बताएको थियो।

यतिबेला भने अमेरिकी राज्य विभागले यी पाँचै संचारमाध्यमको कर्मचारी भारी रुपमा कटौती गर्ने योजना बनाएको छ।

अमेरिकी राज्य विभागका अनुसार हाल अमेरिकामा बसेर चिनियाँ संचारमाध्यमका लागि १६० चिनियाँ नागरिकले काम गर्दै आएका छन्। अब त्यो संख्या १०० मा झारिनेछ।

अधिकारीहरुका अनुसार अब चाइना रेडियोले अमेरिकामा मात्र २ जना कर्मचारी राख्न पाउनेछ, सीजीटीएनले ३०, सिन्ह्वाले ५९, चाइना डेलीले ९ जनामात्र कर्मचारी राख्न पाउनेछ।

चिनियाँ नागरिक जो अमेरिकी संचारमाध्यमसँग आवद्ध छन्, उनीहरुमा भने यो नियम लागू हुने छैन। सीएनएन

आफ्नै छोरीलाई बन्ध’क बनेपछि दुबईका शेखको चौतर्फी आ’लोचना, राष्ट्रसंघमा उ’जुरी (भिडियो)

Previous articleपूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु
Next articleअत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह, श्रम स्वीकृति रोकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।