Home Uncategorized महिला शङ्कास्पद अवस्थामा मृत फेला

महिला शङ्कास्पद अवस्थामा मृत फेला

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।

राकेश झाँकी पत्नी कञ्चन झा आज बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अस्वभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृति मुचुल्का बनाई शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

भङ्गाहा–५ स्थित सीतापुर प्रहरी चौकीबाट १०० मिटर नजिक नै यो घटना भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारजनले भुण्डिएको अवस्थामा आफूहरुले देख्दा उपचार हुनसक्ने ठानेर बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएको प्रहरीले जनाएको छ । परिवारजनले कञ्चनले आत्महत्या गरेकी बताइरहेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

The post महिला शङ्कास्पद अवस्थामा मृत फेला appeared first on Rajdhani Daily News.

४ वटा प्लेनलाई रा’तभरी एअरपोर्ट खोल्न सकिदैन भन्दै १८ घन्टा मात्र खोल्ने तयारी

Previous articleमहिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला
Next articleथरुहट बन्दको आंशिक प्रभाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।