महिला शङ्कास्पद अवस्थामा मृत फेला

0
66

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।

राकेश झाँकी पत्नी कञ्चन झा आज बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अस्वभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृति मुचुल्का बनाई शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

भङ्गाहा–५ स्थित सीतापुर प्रहरी चौकीबाट १०० मिटर नजिक नै यो घटना भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारजनले भुण्डिएको अवस्थामा आफूहरुले देख्दा उपचार हुनसक्ने ठानेर बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएको प्रहरीले जनाएको छ । परिवारजनले कञ्चनले आत्महत्या गरेकी बताइरहेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

The post महिला शङ्कास्पद अवस्थामा मृत फेला appeared first on Rajdhani Daily News.

४ वटा प्लेनलाई रा’तभरी एअरपोर्ट खोल्न सकिदैन भन्दै १८ घन्टा मात्र खोल्ने तयारी

Previous article२० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्छ : मुख्यमन्त्री राउत
Next articleथरुहट बन्दको आंशिक प्रभाव