काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सम्पन्न गरिसक्न विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकाले सो समयभित्र परीक्षा लिइसक्न मन्त्रालयले देशभरका विद्यालयलाई निर्देशन दिएको हो ।
यस्तै मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएका थिए ।

सरकारले ६ चैतदेखि १५ चैतसम्म विद्यालय शिक्षा परीक्षा एसइई हुने कार्यतालिका भने परिमार्जन नहुने बताएको छ ।
The post सरकारले देशभरका विद्यालयलाई भन्यो : कोरोना संक्रमण बढेकाले ५ चैतभित्रै परीक्षा सक्नु appeared first on Rajdhani Daily News.
कतार प्रहरीमा पठाउँछु भन्दै दला’लले झु’क्याउला; माग आएकै छैन


